काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए। स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न गएका थिए।
तर देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले भित्र आगो लगाएका हुन्।
हालसम्म देउवा कहाँ छन् भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन।






