काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि उनले पद छाड्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले उनको राजीनामाको पुष्टि गरेको छ । ओलीले मंगलबार साँझ सर्वदलीय बैठक पनि आह्वान गरेका छन् ।

ओली पछिल्लो पटक २०८१ असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । २०४८ सालदेखि सांसद बनेका उनले निरन्तर सत्ता समीकरणमा भूमिका खेल्दै आएका छन् । २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी, २०७४ मा दोस्रो र २०७८ मा केही समयका लागि तेस्रो कार्यकालका लागि सत्ताको नेतृत्वमा पुगेका थिए ।

कांग्रेससँग मिलेर बनेको पछिल्लो सरकारसमेत जनअपेक्षा अनुसार काम गर्न नसक्दा उनको नेतृत्वप्रति व्यापक असन्तुष्टि सडकमा देखिएको थियो ।