काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन खोजिएको भन्दै केही युवाहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
विरोधमा उत्रिएका युवाहरू नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि भेला भएर कार्कीलाई सरकारको नेतृत्व दिन नहुने भन्दै नाराबाजी गरेका थिए।
समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय सञ्चारमाध्यमका प्रतिनिधिमाथि समेत प्रदर्शनकारीले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै नाराबाजी गरेका थिए।
स्थिति नियन्त्रणमा लिन सेनाले प्रदर्शनकारीहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ।






