काठमाडौं । देशभरका कारागार तोडफोड र आगजनीका घटनापछि फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म १४ हजार ५०७ मध्ये १२ हजार ८५२ कैदी अझै फरार रहेका छन् ।
त्यसैगरी प्रहरी हिरासतबाट ५७३ थुनुवा समेत फरार भएको प्रहरीले जनाएको छ ।






