काठमाडौँ । बालुवाटारस्थित पवित्र वर्कसपमा दुई वटा शव फेला परेका छन्।
सुरक्षा स्रोतका अनुसार ती शव जेनजी आन्दोलनको क्रममा जलेको अवस्थामा भेटिएका हुन् तर मृतकहरूको परिचय खुल्न सकेको छैन।
शव आज बिहान सरसफाइ गर्ने क्रममा भेटिएका हुन्।
पवित्र वर्कसप प्रधानमन्त्री निवास र राष्ट्रपति भवनबीच पर्ने ठाउँ हो, जसको नजिकै नेपाली सेनाको भैरवनाथ गण छ। वरिपरि अन्य सरकारी कार्यालय भने छैनन्।
त्यो क्षेत्रमा आन्दोलनका क्रममा आगजनी नभएकाले अन्यत्र मारिएका वा जलेका शव त्यहाँ ल्याएर फ्यालिएको हुनसक्ने अनुमान गरिएको छ।






