काठमाडौँ । इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि खसेको ठूलो पहिरो हटाउने काम शनिबार दिउँसोदेखि सुरु भएको छ। बिहानसम्म निरन्तर खसिरहेका कारण रोकिएको पहिरो केही कम भएपछि सडक सफा गर्ने कार्य अघि बढाइएको हो।
मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोका कारण दुईतर्फी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार रातिदेखि सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट करिब २।५ किलोमिटर नारायणगढतर्फको तुइन खोलामा पहिरो खसेको हो। ठूलो मात्रा भएकाले शुक्रबार नै पन्छाउन सकिएको थिएन। राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको प्रहरीले जनाएको छ।






