काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन आज नेप्सेमा ठुलो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक आज २.३७ प्रतिशत अर्थात् ६३.१५ अंकले घटेर २६००,३५ बिन्दुमा बन्द भएको छ ।
आज ४ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । २१५ कम्पनीको सेयरमूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य बढेको छ ।
आज बैंकिङ १.३२ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, वित्त १.१२ प्रतिशत, जलविद्युत २.७४ प्रतिशत, होटल तथा पर्यटन २.७२ प्रतिशत, लगानी १.९१ प्रतिशत, जीवन बीमा १.८६ प्रतिशत, उत्पादनमूलक १.८५ प्रतिशत, लघुवित्त १.८७ प्रतिशत, सामूहिक लगानी कोष ०.८८ प्रतिशत र निर्जीवन बीमा २.०४ प्रतिशत र अन्य ४.८३ प्रतिशत व्यापार प्रतिशतले घटेका छन् ।