काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५।३६ अंकले घटेर २५५९.५९ मा पुगेको हो ।

दशैंपछिको पहिलो कारोबार दिन हिजो नेप्से परिसूचक २.३७ प्रतिशत अर्थात् ६३.१५ अंकले घटेर २६००.३५ बिन्दुमा बन्द भएको थियो ।

बुधबार ३ सय ३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५ सय ४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार १८ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यसैगरी, आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड १६ लाख ९० हजार ८ सय ९७ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ३ सय ७ रुपैयाँ रहेको छ ।

साथै, आज सांग्रिला डेभलपमेन्ट बैंक डिभेन्चरको सेयर ७.०९ प्रतिशतले बढेको छ भने प्रभु इन्स्योरेन्सको सेयर ६.१२ प्रतिशतले घटेको छ ।