काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ मा पुगेको हो ।

बिहिबार ३ सय १३ कम्पनीले ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४ सय ७९ रुपैयाँको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर किनबेच गरेका छन् । दोहोरो अंकले बजार बढ्दा २ सय कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यसैगरी, आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीले २७ करोड ३४ लाख ६२ हजार ३३२ रुपैयाँको कारोबार गरेको छ भने कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम मूल्य ५ सय ८९ रुपैयाँ रहेको छ ।

साथै, आज विन्ध्यावासिनी हाइड्रोपावरको सेयर ८.२१ प्रतिशतले बढेको छ भने थ्रि स्टार हाइड्रोपावरको सेयर ९.०९ प्रतिशतले घटेको छ ।

आज बजार खुलेको ३ मिनेटमा नै सकारात्मक सर्किट लाग्दै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।