काठमाडौँ । यस साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। उक्त दिन बजार ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दुमा कायम भएको हो।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३८ करोड ७ लाख ४७ हजार रुपैया बराबरको कारोबार भएको छ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख २ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।भने युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख ४० हजार रुपैंया, हिमालयन रिइन्स्योरेन्स कम्पनीको २३ करोड ४६ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।