काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै प्रकारका सेयर धितो कर्जामा व्यक्तिगत र संस्थागत दुवैतर्फको सीमा हटाएको छ। चालू आर्थिक वर्षको सुरुदेखि सेयर बजारले राम्रै प्रदर्शन गरिरहेको र कर्जा लिने संख्या पनि बढिरहेको छ।
राष्ट्र बैंकका अनुसार, साउन महिनामा मात्र बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ८३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। साउन मसान्तसम्म कुल १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा उपलब्ध गराइएको छ।
सेयर धितो कर्जा लिनेहरूका लागि सबैभन्दा सस्तो ब्याजदर एभरेष्ट बैंकमा छ। बैंकहरूले तोकेको ब्याजदर (बेसरेट) र प्रिमियम दर यस प्रकार छ:
एभरेष्ट बैंक: ५.०५% बेसरेट, २% प्रिमियम
राष्ट्रिय वाणिज्य बैंक: ४.७२% बेसरेट, २% प्रिमियम
नेपाल बैंक: ५.३९% बेसरेट, ३.५% प्रिमियम
ग्लोबल आईएमई बैंक: ५.४९% बेसरेट, २.७५% प्रिमियम
कृषि विकास बैंक: ५.५५% बेसरेट, २.५% प्रिमियम
नबिल बैंक: ५.६५% बेसरेट, ३.५% प्रिमियम
इन्भेष्टमेन्ट मेगा बैंक: ५.७८% बेसरेट, ३% प्रिमियम
सानिमा बैंक: ५.८६% बेसरेट, ३% प्रिमियम
माछापुच्छ्रे बैंक: ५.९६% बेसरेट, २.५% प्रिमियम
एनएमबी बैंक: ६.०२% बेसरेट, ३% प्रिमियम
नेपाल एसबीआई बैंक: ६.०६% बेसरेट, २% प्रिमियम
सिद्धार्थ बैंक: ६.०९% बेसरेट, ३.२५% प्रिमियम
हिमालयन बैंक: ६.१३% बेसरेट, २.५% प्रिमियम
प्रभु बैंक: ६.१६% बेसरेट, ५% प्रिमियम
सिटिजन्स बैंक: ६.१९% बेसरेट, ३% प्रिमियम
लक्ष्मी सनराइज बैंक: ६.२१% बेसरेट, २.५% प्रिमियम
कुमारी बैंक: ६.२२% बेसरेट, ४% प्रिमियम
प्राइम बैंक: ६.४०% बेसरेट, ५.५६% प्रिमियम
एनआईसी एशिया बैंक: ६.९१% बेसरेट, ३% प्रिमियम
बैंकहरूले प्रतिस्पर्धात्मक दरमा सेयर धितो कर्जा उपलब्ध गराउँदै बजारमा लगानीकर्ताहरूलाई सहज पहुँच दिइरहेका छन्।