काठमाडौँ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् । बैंकका अनुसार उनले आज कार्तिक २० गते विहिबारबाट कार्यभार सम्हालेका हुन् ।

बैंकको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले शाक्यलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो।

यसअघि शाक्य नबिल बैंकको सिनियर डेपुटी सीइओ थिए । नबिल बैंक जानु अगाडी उनी ग्लोबल आईएमई बैंकमा कार्यरत थिए । उनीसँग साविकको जनता बैंक, सिभिल बैंक, बैंक अफ एशिया, लक्ष्मी बैंकमा पनि काम गरिसकेको अनुभव छ । शाक्यले एनआईसी एशिया बैंकमा यस अघि पनि काम गरिसकेका थिए ।

उनीसँग लगभग ३० वर्षको बैंकिंग अनुभव रहेको छ।