काठमाडौं । कोरियन भाषा परीक्षा (EPS) को तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा मंसिर १ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ।

यो वर्ष रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत १ लाख २ हजार ५६४ जनाले आवेदन दिएका छन्। भाषा परीक्षाको सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुनेछ। अनुमानित ५ हजार ३ सय उम्मेदवार उत्तीर्ण हुने अपेक्षा गरिएको छ—जसमा ३ हजार ५०० उत्पादनमुलक र १ हजार ८०० कृषि तथा पशुपालन क्षेत्रका छन्।

एकै दिनमा बढीमा ५ सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ। कोरियामा नेपाली कामदार पठाउने उद्देश्यले EPS प्रणाली सन् २००७ मा नेपाल सरकारसँग कोरियाली सरकारले एमओयू गरेको थियो र सन् २००८ देखि कामदार पठाइँदै आएको छ।