काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बैठकले सशक्त आन्दोलनको घोषणा गर्ने निर्णय गरेको हाे ।
त्यसका लागि समितिले सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई सर्कुलर जारी गरेको छ ।
देशभर रहेका ४० हजारभन्दा बढी राहत शिक्षकहरू विगत लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । बैठकले हाल संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा नआईकेकोले सरोकारवाला निकायसँग छलफलमा ल्याउन तत्काललाई लविङको माध्यमबाट दबाब सिर्जना गर्ने निर्णय समेत बैठकले गरेको छ ।
संघीय शिक्षा ऐनको मस्यौंदा औपचारिक रुपमा छलफलमा आएपछि माग सम्बोधन नहुने अवस्था र्सिजना गरिए वा शिक्षा मन्त्रालयले एकलौटी ढंगले क्याविनेटबाट पास गराई संसदमा पेश गरेको अवस्थामा आन्दोलनको चेतावनी दिएको हो ।