काठमाडौँ। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका अनुसार, यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठेको छ।
यस्तै, यातायातका साधन र तिनका पार्टसको आयातबाट १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। फलाम तथा फलामजन्य वस्तु आयातबाट ६ अर्ब ८३ करोड, कपडा आयातबाट ५ अर्ब २६ करोड र इलेक्ट्रिक मेसिनरी तथा उपकरण आयातबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी, मदिराजन्य पेय पदार्थको आयातबाट १ अर्ब ८३ करोड र शृङ्गार सामग्रीको आयातबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ।







