काठमाडौँँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्वको जिम्मेवारी अञ्जन श्रेष्ठले पाएका छन्। आजबाट उनी देशभरिकै उद्योगी, व्यवसायीको छाता संगठन एफएनसीसीआईको अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।
एफएनसीसीआईको विधानअनुसार, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका व्यवस्था छ। यसअघि महासंघको ५७ औं साधारणसभाबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका थिए। श्रेष्ठ महासंघको २१औं अध्यक्ष बनेका हुन्।
यससँगै, ढकालको ३ वर्षे कार्यकाल सकिएको छ। महासंघमा हालसम्म ३ वर्षको कार्यकाल व्यवस्था रहेको थियो। यसपटक भने महासंघको नेतृत्वले विधान संशोधन गरेर २ वर्षे कार्यकाल बनाएको छ। अब श्रेष्ठ महासंघको नेतृत्वमा २ वर्षसम्म रहनेछन्। सो पछि भने महासंघमा प्रत्यक्ष निर्वाचन हुनेछ।







