काठमाडौं। पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः अर्को मुद्दा दायर गरेको छ।

आयोग स्रोतका अनुसार केही पूर्वमन्त्रीहरूलाई प्रतिवादी बनाउँदै दायर गरिएको उक्त मुद्दा हाल विशेष अदालतमा दर्ता प्रक्रियामा रहेको छ।

यसअघि पनि सोही विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै अख्तियारले छुट्टै मुद्दा अघि बढाइसकेको थियो।