काठमाडौँ । विपक्षीहरुको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि विपक्षीहरूले अवरोध गरेका थिए ।
अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले नमानेपछि बैठक स्थगित गरिएको हो ।






