काठमाडौँ। रास्वपा र राप्रपाका विरोधका बिच पनि आज बिहान ११ बजे संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि चलिरहेको छलफल जारी रहनेछ ।

यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची समेत छ।

यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि छ।