काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका विषयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नु सम्पूर्ण नेपालीको प्रमुख दायित्व भएको बताउनुभएको छ।
उहाँले जनआन्दोलन र जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै समृद्ध, न्यायसंगत र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।
सन्देशमा देशलाई स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक प्रगतितर्फ अघि बढाउन राजनीतिक दल र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरिएको छ।






