काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले ‘भूमिहीन सुकुमबासी मार्च’ आयोजना गर्दै सडक प्रदर्शन गरेका छन्। विकल्पबिना उठीबास गराउने र डोजर प्रयोग गरी घरटहरा भत्काउने कार्यविरुद्ध उनीहरूले विरोध जनाएका हुन्।

प्रदर्शनमा सहभागीहरूले “गणतन्त्र जिन्दाबाद” र “गनतन्त्र मुर्दावाद” जस्ता नारा लगाएका थिए। संयुक्त राष्ट्रिय सुकुमबासी, नागरिक आन्दोलन र जेनजी मुभमेन्ट अलायन्सको संयुक्त आयोजनामा मार्च सम्पन्न भएको हो।

माइतीघरबाट सुरु भएको प्रदर्शन बिजुलीबजार हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो। उनीहरूले राज्यले आफूहरूमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउँदै तत्काल विकल्पसहितको उचित पुनःस्थापनाको माग गरेका छन्।