काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७९ / ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १०० प्रतिशतले बढी हो ।
यस अवधिसम्ममा कम्पनीले ३१ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ प्रतिशतले बढी हो ।
यस्तै , कम्पनीको जगेडा कोषमा ३ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ थियो ।