काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित प्रथम नेपाल भारत अन्तर्राष्ट्रिय स्तरीय जनस्वास्थ्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
साथै उनले नयाँ संरचना अन्तर्गत जनस्वास्थ्य संस्थालाई बलियो बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले जनस्वास्थ्य पशु चिकित्सकहरूको भूमिका जनतालाई सुरक्षित पशु स्रोत खाद्यान्न आपूर्ति गर्न निर्णायक हुने पनि बताए । उनले नेपालमा भेटेरिनरी सेवाहरूको पुनर्संरचना गर्ने चरणमा रहेको पनि बताए ।
सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताएका छन् ।
उनले सरकारले जुनोटिक र अन्य सङ्क्रामक रोगहरूको नियन्त्रण गर्न र जनस्वास्थ्यको सुरक्षाका गर्न पशु चिकित्सा जनस्वास्थ्य संस्थाहरू महत्त्वपूर्ण रहेको बताए ।







