काठमाडौं । चालु आर्थिक वर्षको ६ माहिनामा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता कायम भएको छ ।
उद्योग विभागकाअनुसार मंसिर महिनासम्म १९९ वटा उद्योगमा २० अर्ब ६१ करोड ५ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसैगरी २१ वटा उद्योग रप्रतिष्ठानहरुले ३ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौतामा लागानी भित्र्याएका छन् ।
चालु आर्थिक वर्षको मंसिरसम्म भित्रिएको लगानीबाट कुल १० हजार १२० जनालाई रोजगारी सृजना हुने विभागको भनाई छ ।तथ्यांकअनुसार मंसिर महिनामा मात्रै २१ वटा नयाँ उद्योगमा २ अर्ब २५ करोड ६२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
मंसिरसम्म लगानी प्रतिबद्धता जनाएकामध्ये ३ वटा उद्योग ठूलो, ७ वटा मझौला र १८९ वटा उद्योग साना छन् । विभागकाअनुसार लगानी प्रतिबद्धताको सबै भन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रमा छ ।







