काठमाडौँ । इन्ड्राइभ, ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म, सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ । डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा रहन सफल भएको हो । यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा ¥यांक गर्न सफल भएको छ । गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियनपटक डाउनलोड भएको हो ।
इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै विस्तार भैरहेको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ र अहिले सबैभन्दा लोकप्रिय राइड सेयरिङ सेवाहरू मध्य एक हुन सफल भएको छ ।
सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडा सहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।
डाटा डट एआईका अनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्को सहित १३ देशहरूमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि हो ।







