काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटकको विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेको हुन ।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि उनले आज विश्वासको मत लिन लागेका हुन् ।
यसअघि चार पटक विश्वासको मत लिइसकेका यादवले आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि बहुमत सांसदको समर्थन पाउँदै आएका मुख्यमन्त्री यादवलाई यस पटक भने विश्वासको मत पाउने सम्भावना निकै कमजोर देखिएको छ। यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र काँग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन् ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । यहाँ केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । एमालेका सभामुखबाहेक २४, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ सांसद छन् ।






