काठमाडौं । विपक्षी दलका सांसदहरुको अवरोधका बावजुत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन सफल भएका छन्।
उनले आज प्रतिनिधि सभाको बैठकमा १ सय ५८ सांसदहरुको उपस्थितमा उक्त मत लिएका हुन्। सो मध्य विश्वासको मतको पक्षमा १ सय ५७ मत पर्न सफल भयो । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा जम्मा एकजना मात्रै उभिएका छन्।
यता बैठकको सुरुवातीमै जागेका प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुले आ–आफ्नो स्थानबाट चर्को विरोध सुरु गरेका थिए। सभामुखले बस्नलाई दिएको निर्देशन पूर्ण अटेर गर्दै उनीहरुले अवरोध गरि रहेकै थिए । सोही क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बोलेसँगै मतदान सुरु भएको थियो ।
सोही क्रममा जवाफ दिने प्रक्रिया पूरा गरेपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया अघि बढाएका हुन् ।
आज वेल घेराउँ गरेको कांग्रेसको गतिविधिलाई अराजकताको संज्ञा दिँदै प्रधानमन्त्री प्रचण्डले रोष्टमबाट आक्रोशित हुँदै कलंक नगर्न पनि उनीहरुलाई आग्रह गरेका थिए ।
यद्यपी प्रधानमन्त्रीले विश्वासको मत लिएरै मंगलबार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगन भएको अवस्था छ ।






