काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तीलगंगा (बी १३) क्षेत्रका घर जग्गा १५ दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। कोषले पटक पटक सूचना गर्दा पनि त्यस क्षेत्रका घर, टहरा सम्बन्धित पक्षले खाली नगरेको जनाएको छ।

मुआब्जा लिएर पनि काठमाडौँ महानगरपालिका-८ तिलगंगा आवास ९बी १३० क्षेत्रमा रहेका घर, टहरा, गोठ, पर्खाल जस्ता संरचना सम्बन्धित धनीले नहटाएपछि कोषले १५ दिनको म्याद दिएर त्यस्ता संरचना हटाउन भनेको हो।

कोषले आज जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस क्षेत्रका घर, टहरा, पर्खाल, लिगलगायतका संरचना अबको १५ दिनभित्र नअटाएमा कानुन बमोजिम कोष आफैँले हटाई खाली गराउने छ।’

त्यस क्षेत्रका संरचना कानुन बमोजिम अधिग्रहण गर्ने निर्णय कोषले गरेको छ। जसअनुसार सबैलाई मुआब्जासमेत वितरण गरिसकिएको कोषको भनाई छ ।