काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्नका निमित्त सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेका जग्गा खोज्न रेग्मीको नेतृत्वमा समिति बनाएको जानकारी दिएको छ ।
मन्त्रालयले आज गठन गरेको समितिको सदस्यमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी छन् ।
काठमाडौँ उपत्यकामा रहेको जग्गा व्यवस्थापनका लागि कोषले काम अगाडि बढाएको समितिको जानकारी छ । अवैध रुपमा बनेको संरचना भत्काउन थालिएको समेत कोषले जानकारी दिएको छ ।






