काठमाडौं । देशभरि ७९१ जना भन्सार एजेन्टले नियुक्ति लिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिएका छन् । अर्थमन्त्री पुनले संसदमा उठेका प्रश्नको जवाफ दिँदै सो जानकारी गराएका हुन् ।
अर्थमन्त्री पुनले आव २०७९र८० मा मात्र ६१८ जना भन्सार एजेन्ट नियुक्त भएको जानकारी दिए । यसअघि नेपालमा १७३ जना भन्सार एजेन्ट रहेका थिए ।
७९१ जना भन्सार एजेन्टमध्ये ६७ जनाले चालु आव २०८०र८१ को हालसम्म भन्सार एजेन्ट इजाजतपत्र नवीकरण नगरेको उनले बताए । २५ जनाले भने निवेदन दिइ आफ्नो भन्सार एजेन्ट इजाजतपत्र खारेज गरेको पुनले बताए ।
अर्थमन्त्रालयका अनुसार अहिले देशभरि क्रियाशील भन्सार एजेन्टको संख्या ६९९ रहेको छ ।






