काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह आगामी एक साताभित्र संसद्मा सम्बोधन गर्ने जानकारी दिएका छन्।
प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्री कहिले सम्बोधन गर्न आउनुहुन्छ भन्ने प्रश्न उठाएपछि सभामुख डोलप्रसाद अर्याल ले बुर्लाकोटीलाई बोल्ने समय दिएका थिए।
त्यसपछि बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्क गरेको उल्लेख गर्दै भने, “विपक्षी सांसदहरूले उठाएको विषय मैले सचिवालयमा राखेको छु। सम्भवतः उहाँ एक हप्ताभित्र संसद्मा आउने जानकारी प्राप्त भएको छ।”






