काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी Expiry Pop-up देखिएपछि ‘Renew Now’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापन पछि ‘Continue’ थिचेर आफ्नो Transaction Pin प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ । यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो NID, PAN तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ। मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्।