काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो आठौं साधारणसभा यहि भदौ ११ गते गर्ने भएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५२.५३ प्रतिशत ९कर सहित० नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ। यस एन आई सी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ ।

आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको क्यापिटलको भनाइ छ ।

साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०-०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइन मार्फत लिन मिल्ने व्यवस्था मिलाएको बताएको छ ।