काठमाडौँ। चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीका अनुसार २०८१ असार मसान्तसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा भने ५७ करोड २७ लाख रुपैयाँबाट घटेर २० करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ ।
त्यस्तै, सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानीमा समेत गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २१ अर्ब ३४ लाख रुपैयाँ खुद आम्दानी गरेको हो। जुन असार मसान्तको तुलनामा ७४.५२ प्रतिशतले कम हो।
असार मसान्तसम्म कम्पनीले ९ अर्ब २० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड १३ लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ। कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ८९ करोड रुपैयाँ कायम रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९५ रुपैयाँ कायम भएको छ ।







