काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। साउन, भदौ र असोज गरि तीन महिनामा उक्त रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
हाल रेमिट्यान्स बढेर ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो। यस्तै खुद ट्रान्सफर पनि ४ खर्ब ४२ अबं ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षका पहिलो त्रैमासमा ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ खुद ट्रान्सफर थियो।







