काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैसाथ ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
आज सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर, सुपर माई हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकत भएको हो ।
नेप्सको अनुसार सांग्रिलाको १२ लाख ५२ हजार ८४४.१७ कित्ता चिलिमे हाइड्रोपावरको ७९ लाख ८३ हजार ९९७.२० कित्ता र सुपर माई हाइड्रोपावरको ३ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।
साथै, कुथेली बुखरीको पनि १ लाख २१ हजार ८६७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।







