काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक  विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार ४४० कित्ता  शेयर सूचीकृत भएको हो । बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।