काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार २ उद्योगलाई १ लाख २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले नियमित अनुगमन अन्तर्गत ११ उद्योग तथा फर्म अनुगमन गर्दा २ उद्योग तथा फर्मलाई उक्त जरिबाना तिराएको हो ।

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–२७ को सन इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई १ लाख रुपैयाँ र ललितपुर महानगरपालिका–१३ को नवीना सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।

सन इन्टरनेसनलले डेरी प्रडक्टहरूमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ट० को कसुर र सोही ऐनको दफा ३९ को १ ९घ० बमोजिम तथा नवीना सप्लायर्सले अनुगमनमा सहयोग नगरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ड० को कसुर र सोही ऐनको दफा ३९ को १ ९ङ० बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै विभागले अनुगमन गरेकामध्ये ११ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले गत मंगलबार पनि ४ उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।