काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरेरै मौसमको समस्या देखिएको कारण बिहीबार राति विद्युत् आउने जाने गरेको जानकारी दिएका छन् ।

देशभरमा निरन्तर रूपमा बिजुली निभ्न थालेपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै आफ्ना दलिल पेश गरेका शाक्यले अब उक्त समस्या नदोहोरिने उल्लेख गरेको दुई घण्टा नबित्दै तीन पटक भन्दा बढी बिद्युत् अवरुद्ध भएको छ ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सबस्टेशनमा समस्या हुँदा देशभर विद्युतको समस्या भएको बताएका थिए। लाइन सर्ट भएर भारतबाट विद्युत् आउन बन्द भएपछि देशभर एकै पटक विद्युत् अवरोध भएको  उनको भनाई थियो।

विद्युत् प्रसारण सिस्टमलाई बलियो बनाउन केही नयाँ योजनासहित काम थालेको सुनाउदै शाक्यले विद्युत् आउने जाने अवस्थामा अन्त्य हुने बताएका थिए । तर उनको दुई घण्टा नबित्दै तीन पटक भन बढ बिद्युत् अवरुद्ध भएको छ ।

पछिल्लो समय झ्याप्प झ्याप्प लाइन गइरहेको र हिजो साँझ झण्डै एक घण्टा विद्युत् अवरुद्ध भएको पृष्ठभूमिमा शाक्यले त्यसको कारणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका थिए ।  हिजो साँझ ढल्केवर–वसन्तपुर र नवलपुर हुँदै पश्चिम जाने प्रसारण लाइनमा अत्यधिक हावाहुरीको कारण रुख ढलेको कारण विद्युत् अवरुद्ध भएको हो उक्त समस्याको समाधान पश्चात् यो समस्या फेरि देखिने छैन । उनले भनेका थिए ।

उनको पत्रकार सम्मेलन सकिएको २ घण्टा नबित्दै पुनः विद्युत् जाने आउने भएसँगै उनको चर्को आलोचना भएको छ । साथै धेरैले मैनबत्ती बाल्दै सांकेतिक रूपमा शाक्यको विरोध गरेका छन् ।