काठमाडौं । प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सले सुक्रवार ईटहरीको होटल त्रियुगामा अभिकर्ताको क्षमता बिकास तालिम सम्पन्न गरेको छ । उप क्षेत्रीय कार्यलय अन्तर्गतका ईटहरी ,ईनरुवा, धरानमा आवद्ध भै उत्कृष्ट कार्य गर्ने दुई सय भन्दा बढी एजेन्सी म्यानेजर को उपस्थितिमा कार्यक्रम संचालन भएको हो ।

कार्यक्रम मा विभिन्न शीर्षकमा उत्कृष्ट ब्यबसाय गरेका ३५ जना बरिस्ठ एजेन्सी म्यानेजर लाई उपहार तथा सम्मान प्रदान गरिएको थियो । शाखामा रहेर उत्कृष्ट ब्यवसाय गरे बापत उनीहरुलाई सम्मान तथा उपहार प्रदान गरिएको उप क्षेत्रीय प्रमुख जगत नाथ फुयलले बताउनु भयो । उपक्षेत्रीय प्रमुख जगत नाथ फुयलले अभिकर्ताको क्षमता अभिबृद्धी सम्बन्धि, अभिकर्ताले सेवाग्राही सग प्रस्तुत हुने व्यबहार,सफलताका सुत्र , कम्पनीका बिमा योजना तथा कार्य दक्षताका विधि र नियमका बारेमा सरल रुपमा प्रशिक्षण दिएका थिए । उपक्षेत्रीय प्रमुख फुयलले अभिकर्ताले आफ्नो क्षमतामा कसरी निखार ल्याउनु पर्छ बन्ने बिषयमा उत्प्रेरणात्मक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा ईटहरी धरान तथा ईनरुवाका सामाजिक अगुवाहरुको समेत ,उपस्थिति रहेको थियो ।कार्यक्रम समापन गर्दै उप क्षेत्रीय प्रमुख फुयलले अभिकर्ताको धर्म र कर्म बारे बोल्दै तालिमको समापन गरेका थिए । उप क्षेत्रीय कार्यलयले आयोजन गरेको उक्त कार्यक्रम ईटहरी शाखाका शाखा प्रमुख सन्तोष राई ” परिमार्जन ” ले संचालन गरेका थिए ।