काठमाडौँ। शिव श्री हाइड्रोपावर लिमिटेडले आगामी असार ८ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट काठमाडौँमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको हो।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुने कम्पनीले बताएको छ।

यस्तै,आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र नयाँ सञ्चालक नियुक्त गर्ने एजेन्डा छन्। त्यसको लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गर्ने बताएको छ।