• Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
खाता खोल्नुहोस्
खाता खोल्नुहोस्
स्वागत छ! खाताको लागि दर्ता गर्नुहोस्
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Aarthik Voice
  • Homepage – New
  • शेयर
    • नेप्से इन्डेक्स
    • साधारण सभा
    • हकप्रद
    • आइपीयो
    • लाभांश
  • बैकिङ्ग
    • बैंक
    • सहकारी
    • केन्द्रीय बैंक
  • बीमा
    • जीवन बीमा
    • निर्जीवन बीमा
    • पुनर्बीमा
  • बजार
    • व्यापार
    • मुद्रा
    • पूर्वाधार
    • उर्जा
    • सुन चाँदी
  • अर्थतन्त्र
    • कृषि
    • पर्यटन
    • रोजगार
    • घरजग्गा
  • उद्योग
    • प्रविधि
    • निर्माण
    • संस्थान
    • सेवा
  • समाचार
    • अन्य समाचार
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थराजनीति
  • विविध
    • पत्रपत्रिका
    • मनोरन्जन
    • अन्तर्राष्ट्रिय
  • फोटो/भिडियो
  • स्पेसल न्युज
  • अन्य
    • अन्तर्वार्ता
    • अटो
    • अनौठो विश्व
Everest Bank Card

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता

Aarthik voice

Aarthik voice

२३ जेष्ठ २०८२, शुक्रबार १९:४१

212 Shares

facebook sharing button Share twitter sharing button whatsapp sharing button linkedin sharing button messenger sharing button

काठमाडौं । एनसेल फाउन्डेसनले ‘सिप मेला २०८२’ को लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ ।

सिप विकास अन्तर्गत काठमाडौं महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठूलो सिप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत, व्यवहारीक र रोजगारीमुखी सीपमा तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागिहरुको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने छ ।

काठमाडौं महानगरपालिकाद्वारा जेठ २१ गते काठमाडौंको टुंडिखेलमा सम्झौता पत्र हस्ताक्षर कार्यक्रममाझ काठमाडौं महानगरपालिका र एनसेल बिच सम्झौता पत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो ।

काठमाडौं महानगरपालिकातर्फबाट सिप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशिल अभियान नेपालका तर्फबाट अध्यक्ष रामजी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलकोतर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाईरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

“एनसेल फाउन्डेसनमा हामी सिप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौं। सिप मेलामा काठमाडौं महानगरपालिकासँगको सहकार्यबाट युवाहरुलाई व्यवहारीक सिपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौं,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर, विशाखा लक्ष्मी खड्काले भनिन् ।

जेठ ७ गतेदेखि सुरु भएको सिप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २,४२४ जनालाई सीप तालिम प्रदान गरिरहेको छ । यसमा आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृतिम बौद्धिकता (एआइ) र यसको प्रयोग (एआइ एन्ड इट्स एप्लिकेसन) गरी १२ पेशा छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृतिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेशा छन् ।

विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चलिरहेका छन् । हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ वटा पेशाका तालिम सञ्चालित छन् ।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ वटा पेशाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ पेशाका तालिम छन् । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ पेशाका तालिम छन् । अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ वटा पेशाका तालिम सञ्चालित छन् । आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ वटा पेशाका तालिम चलिरहेका छन् । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चलिरहेका छन् ।

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम चलेका छन् । यस्तै स्टक मार्केट सम्बन्धी तालिम चलिरहेको छ ।
एनसेल फाउन्डेसन र काठमाडौं महानगरपालिकाबीचको यो सहकार्यले युवाहरूक लागि समावेशी अवसरहरू सिर्जना गर्ने तथा रोजगारीयोग्य सिप विकासमार्फत दिगो विकासमा योगदान दिने फाउन्डेसनको प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।

एनसेल फाउन्डेसनबारे
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्धता रहेको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।



एक उत्तर छोड्न उत्तर रद्द

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्
तपाईले गलत ईमेल ठेगाना प्रविष्ट गर्नुभएको छ!
कृपया तपाईंको इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्

सम्बन्धित लेखलेखक बढी

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब रु ६९९ मा नै पाईने

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

थ्रिजी सेवा बन्द गर्दै एनसेल र एनटीसी, कसरी गर्ने फोरजी अन ?

पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा

एनसेल ‘सिग्नेचर प्लान’ अब झन् विशेष, दामी एक्सपिरियन्ससँगको सहकार्यमा ५० प्रतिशतसम्म छुट

स्पेसल-न्युज

आगामी बजेटमा ठूलो जनअपेक्षा, ‘हातमा काम, गोजीमा दाम’ हुने गरी ल्याउन विज्ञको सुझाव

ट्रेड युनियन खारेज गर्दै सरकार, युनियनहरु विरोधमा, विज्ञ भन्छन् “सन्तुलित बाटो रोजौँ”

माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ % ले बढ्यो,वितरणयोग्य मुनाफामा पनि उल्लेख्य वृद्धि

निष्क्रिय तथा खराब कर्जा असुली रणनीति, व्यवस्थापन र समाधानका उपायहरू : निरञ्जन पौडेल

नियो बैंक र भर्चूअल बैंक बीच के फरक छ ?, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

सुकुम्बासी बस्ती हटाउँदै सरकार, पुनःस्थापनाको योजना नहुँदा समस्या जटिल

ताजा

  • बजारमा अधिक तरलताः ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
  • काठमाडौं महानगर र स्वरोजगार कोषबीच सम्झौता, सहुलियत ब्याजमा ऋण दिइने, कसले कति पाउने ?
  • महावीर पुनको सम्पत्ति विवरणः जग्गा छ, घर छैन, अरु के–के छ ?
  • हिमालयन बैंकले १० वर्षदेखि चल्ती नभएका खाता बन्द गर्ने, निक्षेपकर्तालाई आफ्नो रकम दाबी गर्न आग्रह
  • निजी क्षेत्रको मनोबल र लगानीको वातावरण सम्बन्धमा नाडाको धारणा
  • भिजिट भिसाको आवरणमा फैलँदो मानव तस्करी: ओमन ट्रान्जिट हुँदै खाडी र चीनसम्म संगठित सञ्जाल
  • युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर खरिद आवेदन बैशाख ३१ सम्म दिन सकिने
  • सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ?

ट्रेन्डिङ

  • गोविन्द पन्थको १४ वर्षे बीमा यात्रा, यस्ता छन् संघर्षदेखि सफलतासम्मका अनुभव
  • सन लाइफ इन्सोरेन्सले ६९औँ सहकारी दिवस अवसरमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • दीपक र सुलभले पुँजी बजारमा यसरी गर्थे चलखेल, सेबोनको रिपोर्टले खोल्यो रहस्य
  • अस्पताल जाने भन्दै घरबाट निस्किएकी महिला ३ दिनदेखि सम्पर्कविहीन
  • वचन बचत तथा ऋण सहकारीलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त
  • कबिर सन्त सत्सङ मन्दिर उद्घाटनसँगै योग साधना वार्षिक उत्सव सम्पन्न
  • यस्ता छन् आजको मन्त्रीपरिषद् बैठकका निर्णयहरु
  • नियो बैंक र भर्चूअल बैंक बीच के फरक छ ?, यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास

Facebook Page

Facebook

शेयर

  • याम्बालिङ्ग हाइड्रोको आईपीओ खुल्यो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
  • सेयर बजारमा गिरावट, २१३ कम्पनीको मूल्य घट्यो
  • ग्लोबल आइएमई बैंकको खुद नाफा ४ अर्ब ४० करोड, लाभांश क्षमता १०.५० प्रतिशत
  • पुँजी बजारमा स्थिरता ल्याउन आवश्यक, लगानी भित्र्याउने सरकारको योजना
  • नेप्से उकालो यात्रामा, यी ३ कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो
  • अविरल हाईड्रोले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?
  • स्नो रिभर्सले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो

आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.

सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०

सम्पर्क ठेगाना : अनामनगर, काठमाडौं

फोन : 9851259881

[email protected](for Admin)

[email protected]( for News)

सञ्चालक/सम्पादक:
बिजय फुयाँल

डेक्स:
केशव राज अवस्थी

सल्लाहकार:
ई. प्रवीण अर्याल

सह-सम्पादक:
जसिन्द्र श्रीपाली

रिपोर्टर:
शिव गौतम

दिनेश अधिकारी

© Copyright © 2023 | Aarthikvoice