काठमाडौं। बुधबार सुनको मूल्य घटेको छ। छापावाल सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले कमी आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँमा झरेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले घट्दै ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट देखिएको थियो ।