काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा बसेको सभाले हालको ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजीमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू अनुमोदन गर्नुका साथै नयाँ लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत गरेको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकाले आवश्यक परेमा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरिएको छ ।