काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। सेयरधनीको नाममा रहेको १ लाख ४ हजार ८११.५७ कित्ता सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
उक्त सेयरमध्ये ५४ हजार ८११.५७ कित्ता आम सर्वसाधारण र ५० हजार कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ । सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र संस्थापकका लागि प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, सर्वसाधारणले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र र संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।







