काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले नेपालभर लागू हुने बहुप्रतिक्षित ‘ग्रान्ड दशैं स्किम’ घोषणा गरेको छ । असोज ४ ९सेप्टेम्बर २१० बाट सुरु भएको यो अफरमा सहभागी ग्राहकले ५० लाख रुपैयाँसम्मका आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।

अभियान अवधिभर दैनिक र साप्ताहिक भाग्यशाली विजेताहरू घोषणा गरिनेछ । विजेताले प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप प्राप्त गर्नेछन् ।

शाओमी नेपालका देशीय महाप्रबन्धक मनु मनस्वीले भने, “दशैं नेपाली परिवारको खुशी, एकता र नयाँ सुरुवातको पर्व हो । यस स्किममार्फत हामीले ग्राहकलाई अझ रमाइलो अनुभव दिने र परिवारसँग अविस्मरणीय क्षण सिर्जना गर्ने अवसर दिन खोजेका हौं ।”

शाओमी मोबाइल खरिद गर्ने ग्राहकले निम्न तीन श्रेणीमा भाग लिन सक्नेछन् :

  • साप्ताहिक बम्पर लकी ड्र’ : हरेक सातामा १ विजेतालाई Xiaomi 15 Ultra

  • साप्ताहिक लकी ड्र’ : हरेक सातामा १ विजेतालाई Xiaomi Pad 7

  • दैनिक लकी ड्र’ : हरेक दिन १ विजेतालाई Redmi Pad 2, ३० विजेतालाई Redmi Buds 5A, १० विजेतालाई Redmi Watch 5 Active

कसरी सहभागी हुने ?

ग्राहकले अधिकृत शाओमी विक्रेता वा अन्य स्मार्टफोन पसलबाट शाओमी मोबाइल खरिद गर्नुपर्नेछ । त्यसपछि दिइएको QR कोड स्क्यान गरी, डिभाइसको IMEI नम्बर प्रमाणित गरी, आफ्नो विवरण राखी ‘स्पिन द व्हील’ गर्नुपर्नेछ ।

यो स्किम आगामी कार्तिक ४ (अक्टोबर २१, २०२५) सम्म नेपालभर लागू रहनेछ ।