काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । दाहाल आज ९बुधबार० कम्पनीको सीईओमा नियुक्त भएका हुन् ।

यसअघि उनी कम्पनीमा निमित्त सीईओको जिम्मेवारीमा थिए । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले अर्को सीईओ नियुक्ति नभएसम्मका लागि कार्यबाहक सीईओको हैसियतमा कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी दाहाललाई नियुक्त गरेको थियो ।

यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओमा नियुक्त गरिएको थियो ।