काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हाल यो शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याइएको छ ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कम्पनीको कानून विभागमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ।
साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि लिखित प्रस्ताव नआएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।








