काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा राजन विक्रम थापा बढुवा भएका छन् ।
यसअघि केन्द्रिय बैंकको गभर्नरको उमेदवार रहेका डा. गुणाकर भट्टको अवकाश भएपछि उनको ठाउँमा थापा नयाँ कार्यकारी निर्देशक बनेका हुन् ।
उनलाई राष्ट्र बैंकले आइतबार बढुवा गरी गभर्नरको कार्यालयमा पदस्थापन गरेको छ । उनी निर्देशकका रुपमा पनि गभर्नर कार्यालयमै थिए ।
राष्ट्र बैंकमा १७ वटा विभाग छन् । सकेसम्म सबै विभागमा कार्यकारी निर्देशकको भाग पुगेपछि मात्रै गभर्नर कार्यालयमा राख्ने व्यवस्थापनको निर्णय अनुसार उनले निर्देशककै रुपमा गभर्नर कार्यालयको नेतृत्व गरेका थिए ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार उनी राजनीतिक रुपमा नेकपा माओबादी निकट हुन् । सम्भवत: त्यही कारण गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उनलाई कुनै विशिष्ट विभागको जिम्मा नदिएर आफ्नै कार्यालयमा राखेका छन् ।








