काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोष मा एनएलजी इन्स्योरेन्स कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आज कार्तिक १८ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा दुवै कम्पनीले सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँ तथा नेशनल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

आज प्राप्त भएको यो रकमसहित उक्त कोषमा हालसम्म ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ संकलन भइसकेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिएका छन् ।